गगन थापालाई सिस्नोपानीको व्यंग्य: पासिङ एमसीसी- एस पापा, कटिङ थानकोट- नो पापा !

Thankot Times

थानकोट । 

देउसी भैलोमार्फत राजनीतिक विकृतिमाथि प्रहार गर्दै आएको सिस्नुपानी नेपालले यसवर्ष पनि राजनीतिक दलका नेतामाथि प्रहार गरेर बेजोड देउसी भैलो तयार गरेको छ । प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सिस्नुपानीले शनिवार प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा देउसी भैलो रेकर्ड गराएको हो । 

राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको देउसी भैलो कार्यक्रम सोमबार युट्युबबाट सार्वजनिक गरेको छ । देउसीमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति पनि व्यंग्य गरिएको छ । 

अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पारित गर्ने क्रममा नेपालमा अमेरिकी सेना आएमा आफूलाई मुण्डन गरेर थानकोट कटाउन गगन थापाले संसद्मा चुनौती दिएका थिए । 

सिस्नु पानीले गगनको उक्त भनाइलाई लिएर कठोर व्यंग्य गरेको छ । बालबालिकाको रायम्स शैलीमा अंग्रेजीमा गगनमाथि व्यंग्य गरिएको छ, ‘पासिङ एमसीसी– एस पापा, कटिङ थानकोट– नो पापा !’ 


Leave a Reply

Your email address will not be published. Required fields are marked *