नेपाल संवत् ११४३ सुरू

Thankot Times

थानकोट ।

आज कात्तिक शुक्ल प्रतिपदा अर्थात नेपाल संवत् को पहिलो दिन नेवार समुदायले “न्हूदँया भिन्तुना” (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि जातिय एकता र पुर्ख्याैली साझा मौलिक संस्कृतिका रुपमा विकास भएको म्हःपूजालाई आफ्नो-आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रुपमा मनाउने गर्दछन् । विशेषतः नेवार समूदायले मान्ने यो संवत् नेपालको मौलिक संवत् पनि हो ।


नेपाल संवत् १११३ का अवसरमा (२९ वर्षअघि) संयुक्त राष्ट्रसंघको मुख्यालय अघिल्तिर भियतनाम तथा गबोन देशका नागरिकहरू शुभकामनाको प्लकार्ड देखाउँदै ।

नेपाल संवत् ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत् को मान्यता पाएको इतिहासकारहरूले बताउने गरेका छन् । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत् का रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, इतिहासकारहरूको तर्क छ ।


नेपाल संवत् ११०० अवसरमा निकालिएको र्याली

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत् लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवत् लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत् ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *