एमालेको सरकार आए कलंकी-चाबहिल सडक ६ लेनको हुन्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

Thankot Times

थानकोट । 

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलङ्कीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तिव्रता पाउने बताएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर-५ मा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको उनले बताए ।

सुरूमा कलङ्कीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागे पनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उनले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला करिडोर र विष्णुमति करिडोर निर्माण पनि छिट्टै सुरू हुने विश्वास व्यक्त गरे ।

धोबीखोला पुगेपछि सडक रातोपुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना रहेको उनले बताए ।

कार्यक्रममा सहभागीहरूले गठबन्धनका नेताको घर परेका कारण कलङ्की–धोबीखोला छ लेन सडक निर्माण रोकिएको भन्दै पोखरेलसँग गुनासो गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ