भीमफेदीमा देउसी खेल्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

Thankot Times

थानकोट ।

मकवानपुरको भीमफेदी गाउँपालिका- १ बाघचौरमा देउसी खेल्न जानेक्रममा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ ।

बाघचौरका ४१ वर्षिय सुकमान गोले देउसी खेल्दै अर्को घरमा जाने क्रम्मा बाघचौरको भिरबाट लडी घम्भिर घाइते भएका थिए ।

उनको उपचारका लागी हेटौडा अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *