काठमाण्डाैमा कौडा खेलिरहेका ८ जना पक्राउ

Thankot Times

थानकोट ।

कौडा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका पैंयौंटारस्थित भिम बाबु केसीको घरमा कौडा खेलिरहेको अवस्थामा बुधबार राति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

उनीहरुको साथबाट १६ थान कौडा र दुई लाख ८६ हजार ६८०० नगद रुपैयाँ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुमा प्रहरी वृत बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *