एलन मस्क ट्वीटरका नयाँ मालिक बनेसँगै सीईओसहित उच्च तहका कर्मचारी बर्खास्त

Thankot Times

थानकोट ।

एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको स्वामित्व लिएपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित केही कर्मचारीलाई हटाएका छन् । 

ट्वीटरको स्वामित्व लिएपछि अर्बपति मस्कले ट्वीटरका सीईओ पराग अग्रवाललाई बर्खास्त गरेका हुन् । सीईओ अग्रवालसँगै ट्वीटरका चिफ फाइनान्सियल अफिसर नेड सेगल, लेगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई मालिक मस्कले हटाएको द गार्जियनले जनाएको छ ।

मस्कले ४४ अर्ब डलरमा ट्वीटर किनेका हुन् ।

बर्खास्तबारे भने दुवै पक्षले अहिलेसम्म औपचारिक रूपमा जानकारी गराएका छैनन् । मस्कले बर्खास्त गरेका अग्रवाल गत वर्ष ट्वीटरको सीईओमा नियुक्त भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *