नागार्जुनको एक रिसोर्टबाट करिब ४ लाख क्याससहित १८ जना पक्राउ, अनुसान्धान जारी
थानकोट ।
काठमाडौँको एक रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् ।
नागार्जुन नगरपालिका-७ मा रहेको सिटी भ्यू रिसोर्टबाट प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई जुवा र कौडा खेलिरहेको अवस्था फेला परेको थियो ।
उनीहरूको साथबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ नगद, १५ बुक तास र १६ थान कौडा बरामद गरेको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














