आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

Thankot Times

थानकोट ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी दुई प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ भने  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा आइतबार पनि हल्का वर्षाको सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *