मोटरसाइकलको पांग्रामा सल बेरिँदा हात चुँडियो

Thankot Times

थानकोट ।  ऋषिङ गाउँपालिका–१ झापुटार तनहुँमा गुड्दै गरेको मोटरसाइकलको पांग्रामा सल बेरिएर एक महिलाको हात चुँडिएको छ ।

व्यास नगरपालिका–५ पाटनबाट शनिबार दिउँसो झापुटार जाँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार २९ वर्षीया रेनु थापाको सल मोटरसाइकलको पांग्रामा बेरिँदा हात चुँडिएको प्रहरीले जनाएको छ । उनी दिदीका छोरासँग मोटरसाइकलमा सवार थिइन् ।

उनको बायाँ हात कुहिनोभन्दा तलबाट छुट्टिएको प्रहरीले जनाएको छ । घाइते थापाकी छोरी र चालक भने सकुशल छन् । घाइते थापालाई दमौली अस्पतालमा प्राथमिक उपचार गरी हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे छ। इकान्तिपुरबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *