आज यी तीन प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

Thankot Times

थानकोट ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ। आज दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यी  प्रदेशमा राति पनि मौसममा आंशिक बदली रहने भएको छ । सोमबार पनि  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *