एमालेले सार्वजनिक गर्यो चुनावी घोषणापत्र
थानकोट ।
नेकपा एमालेले आगामी प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
मंगलबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित कार्यक्रमका बीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले डिजिटल माध्यमबाट घोषणापत्र सार्वजनिक गरेका हुन्।
ओलीले ‘फिंगर स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा स्वास्थ्य शिक्षा विकासका पूर्वाधार यातायात लगायतका विषय समेटिएका छन्।
घोषणापत्रमा ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई प्रमुखका साथ समेटिएको छ।
तस्बिरः सामाजिक सञ्जाल













