तिलगंगामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Thankot Times

थानकोट । 

काठमाडौंको तिलगंगामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित सडकमा बा.४ ख ९३९६ नम्बरको बसले बा.९२ प ३१२० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिएको हो।

बसको ठक्करबाट मोटरसाइकल चालक स्याङ्जा घर भई काठमाडौं नयाँ बानेश्वर बुद्धनगर बस्ने ३० वर्षीय माधव पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार रामेछाप घर भई काठमाडौं लैनचौर बस्ने २६ वर्षीया गंगा मगरको सोही अस्पतालम उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *