भोलिदेखि चुनाव केन्द्रित जुलुस र आमसभा गर्न पाउने, आयोगले बोलायो पत्रकार सम्मेलन
थानकोट ।
मंसिर ४ गते हुने आम निर्वाचनका लागि दलहरुले बिहीबारदेखि चुनाव केन्द्रित प्रचारप्रसारलाई व्यापक बनाउन पाउने भएका छन् ।
उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार-प्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।













