अनामनगरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीकाे मृत्यु

Thankot Times

थानकोट । अनामनगरमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३-०२-००८प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी अनामनगर बस्ने ३२ वर्षीया आस्था सुब्बालाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा हिजो साँझ पौने ७ बजे मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ। पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना भने घाइते भएका छन्।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रानाको उपचार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *