पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

देशका केही भागमा आज हल्का वर्षाको सम्भावना रहको छ । आज दिउँसो  देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *