काउलीको बीचमा गाँजा लुकाएर काठमाण्डाै ल्याउँदै गर्दा नागढुङ्गामा प्रहरीले फेला पारेपछि…

Thankot Times

थानकोट ।

 काउलीमा लुकाएर गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ६१ वर्षीय साइँला तामाङ रहेका छन्। धादिङको थाक्रे गाउँपालिका-७ घर भएका तामाङलाई चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट एक किलो ६ सय ग्राम गाँजाको धुलोसहित पक्राउ गरिएको प्रहरी वृत्त थानकोटले जनाएको छ।

धादिङको महादेववेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा२ख ६३६८ नम्बरको बसमा सवार साइँलाले झोलाभित्र काउलीमा लुकाएर सो गाँजा ल्याएका थिए। 

चेक जाँच गर्ने क्रममा काउलीको बीचमा गाँजाको धुलो भेटिएको प्रहरी वृत्त थानकोटले जनाएको छ। उनी विरुद्ध वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *