पूर्वी नेपालमा ५.३ म्याग्नेच्युडको भूकम्प

Thankot Times

थानकोट ।

आइतबार राति पूर्वी नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ ।

आइतबार राति नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महशुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँलाई ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो ।

यो पराकम्पन नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *