एमआरआर ग्रुपलाई फेसबुकले सक्रिय बनायाे
थानकोट ।
चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले फेरि सक्रिय बनाएको छ ।
नाै दिनअघि गत कार्तिक १३ गते फेसबुकको मेटा कम्पनीले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्क्रिय बनाएको थियो ।
एमआरआरका अनुसार ग्रुप २०२० मा पनि कारबाहीमा परेको थियो । त्यसपछि कम्युनिटी गाइडलाइन्स भायलेन्सबारे निकै निगरानी गरिएको एमआरआरको दाबी छ ।














