अब तीव्र गतिमा सवारी साधन हुइक्याउनेले पनि १ घण्टाको सचेतना कक्षा लिनुपर्ने

Thankot Times

थानकोट ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर १५ गतेदेखि तीव्र गतिमा सवारी साधन चलाउने चालकहरुले पनि सचेतना कक्षा लिनुपर्ने जनाएको छ ।

तीव्र गतिमा सवारी चलाएमा  नियम अनुसार जरिवाना हुनुका साथै अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षामा बस्नुपर्ने महाशाखाको भनाइ छ ।

अहिले सम्म मापसे गरेर सवारी साधन चलाउने, लेन नियम उल्लङ्घन गर्ने  र रातो बत्ती क्रस गरेमा नियम अनुसार कारबाही गरी अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था गरिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *