समिट एअरबाट डोल्पा जान टिकट काटेका यात्रु नेपाल वायुसेवाको जहाजबाट मुगु पुगेपछि…

Thankot Times

थानकोट ।

मंगलबार बिहान दुधे बालकसहित एक महिला यात्रु नेपालगञ्जबाट डोल्पास्थित जुफाल विमानस्थल जाने बोर्डिङ पास बोकेर मुगु पुगेकी छिन् । समिट एयरको टिकट काटेकी उनी नेपालगञ्जबाट नेपाल एयरलाइन्स (नेवानि) को जहाज चढ्न पुगिन् ।

नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार डोल्पाको ठूलो भेरी नगरपालिकाकी राजकुमारी बुढा र उनका दुधे बालक नेपालगञ्जबाट डोल्पा जान बोर्डिङ पास लिएका थिए ।

तर, विमानस्थलबाट सँगसँगै उड्न लागेका दुई जहाजमध्ये उनी मुगुको ताल्चा विमानस्थल जाने नेपाल एयरलाइन्सको जहाज चढिन् । नेपाल एयरलाइन्सका एक उच्च अधिकारीले दुवै एयरलाइन्सका कर्मचारीको कमजोरीले यस्तो बताए ।

‘अर्को जहाजका यात्रु हाम्रो जहाजमा चढ्दा ग्राउण्डमा खटिएका कर्मचारीले राम्रोसँग हेर्नुपर्ने थियो,’ उनले भने, ‘बोर्डिङ पास लिइसकेका यात्रु छुट्दा समिटले पनि तत्काल सोधखोज गर्नुपर्ने थियो, दुवै एयरलाइन्सका कर्मचारीको कमजोरी देखियो ।’ अनलाइनखबरमा समाचार छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *