शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को विदेशी राइट्स २० लाखमा बिक्यो

Thankot Times

थानकोट ।

शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’ को विदेशी राइट्स बिक्री भएको छ। बुधबार निर्देशक बस्नेतले पूजा तामाङसँग सम्झौता गर्दै विदेशको सम्पूर्ण राइट्स बेचेका हुन्।

पूजा तामाङले विदेशी राइट्सको लागि नगद २० लाख तिरेर सम्झौता पत्रमा हस्ताक्षर गरेकी छन्। नेपाल बाहेक अन्य देशमा फिल्म प्रदर्शन गर्ने अधिकार पूजासँग मात्रै रहनेछ।

यो फिल्मको हालसम्म प्रदर्शन मिति तोकिएको छैन्। फिल्मको प्रदर्शन मिति केही दिनपछि तय गर्ने बताइएको छ। त्यस्तै केही दिनमा सलोन बस्नेत र पूजा शर्मा फिचर्ड गीत सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ।

रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा सलोनसँगै जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङलगायत कलाकारको अभिनय छ। एलिना यही फिल्मबाट डेब्यु गर्दैछिन्।

विनोद सापकोटाले छायांकन गरेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व छ।

काठमाडौं, लमजुङ, धरान र संखुवासभा जिल्लामा छायांकन गरिएको फिल्मको सहायक निर्देशकमा रामजी राउत र ज्ञानकुमार कट्टेल रहेका छन्।

एबी पिक्चर्स फार्म र सलोन सलीना ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन्। फिल्मको निर्मातामा मिथुन भोटे रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *