‘काठमाण्डाै क्षेत्र नं. १० मा नेपाली काँग्रेस २० हजार मतान्तरसहित विजयी हुनेछ’ नेता केसी

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाण्डाै क्षेत्र नं. १० का उम्मेदवार राजेन्द्र कुमार केसीले लोकतान्त्रिक बाम गठबन्धन कसैको रहर वा चाहनमा सृजना नभएको बताएका छन् । नेपाल तरूण दलको आयोजनामा बुधबार आयोजित तरूण तथा युवा भेलामा बोल्दै नेता केसीले लोकतान्त्रिक बाम गठबन्धन राष्ट्रिय आवश्यकताका आधारमा कायम गरिएको बताए।

पूर्व सांसद् समेत रहेका नेता केसीले मुलुक संवृद्धिका लागि जलविद्युत, पर्यटन र कृषिको विकास गर्न नेपाली काँग्रेसले विशेष कार्य योजना अघि बढाएको बताउँदै कृषिलाई निर्वाहमूखी भन्दा पनि वैज्ञानिक र आधुनिकीकरणमा लैजानु पर्ने बताए ।

लोकतन्त्रमा चुनावी हार जित स्वभाविक भएपनि अहिले गठबन्धनका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउनुको विकल्प नभएको धारणा राख्दै नेता केसीले आसन्न आम निर्वाचनमा काठमाण्डाै क्षेत्र नं. १० को संघ तर्फ नेपाली काँग्रेसका उम्मेदवारले २० हजार मतान्तरसहित विजयी हुने दाबी समेत गरे ।

कार्यक्रममा बोल्दै नेकपा समाजवादीकी नेतृ एवं काठमाण्डाै क्षेत्र नं. १० प्रदेश २ की उम्मेदवार रमा आलेमगरले २०७४ को निर्वाचनमा आम मतदाताहरूले दर्शाएको माया पुनः पाउनेमा विश्वास लिएको धारणा राख्दै लोकतान्त्रिक बाम गठबन्धनकै नेतृत्वमा संघ र प्रदेशमा सरकार गठन हुनेमा आफू विश्वस्त रहेको बताइएन् ।

कार्यक्रममा बोल्दै नेपाल तरूण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरूङले नेपाली काँग्रेस तथा उसका भातृसंगठन तथा लोकतान्त्रिक बाम गठबन्धनका घटकहरूले देशमा कहिँकतै कुनैपनि दल वा उम्मेदवार विशेषप्रति कुनैपनि किसिमको द्वेष नराखेको धारणा राखे । अध्यक्ष गुरूङले अराजकता र भ्रमपूर्ण सूचना तथा जानकारीको भण्डाफोर गर्न आम शुभेच्छुकहरूमा सामाजिक सञ्जालको भरपूर उपयोग गर्न अनुरोध समेत गरे ।

कार्यक्रम आयोजक नेपाल तरूण दलका क्षेत्रीय सभापति ईश्वर लामाले आसन्न आम निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरूको विजय सुनिश्चित भइसकेको बताउँदै कुनैपनि शक्तिले गठबन्धनको एकता खलबल्याउन नसक्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेस काठमाण्डाै क्षेत्र नं. १० चुनाव प्रचार प्रसार समिति संयोजक धर्मनन्द श्रेष्ठ, ट्रेड युनियनका महासचिव योगेन्द्रकुमार कुँवर, प्रदेश समानुपातिक उम्मेदवार यमुनादेवी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *