बसुन्धरामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्‍यु

Thankot Times

थानकोट । 

काठमाडौंको बसुन्धरा सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्‍यु भएको छ ।

बुधबार नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कालिका-९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका-५ वर्षीय कल्पना राना मगर रहेका छन् ।

प्रहरीले ना. ८ ख.१८४१ को ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने मृतकका आफन्तहरुलाई सम्पर्क गर्ने प्रयास भइरहेको जनाएको छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *