बी.पी. कांग्रेसको ८ पन्ने घोषणापत्र सार्वजनिक

Thankot Times

थानकोट । 

बी.पी.कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरेर सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आठ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो ।

पार्टीले उद्योग, सडक पुर्वाधार, हवाईसेवा, खानेपानी, सरसफाई, उर्जा, वैकल्पिक उर्जा, कृषि, सिंचाई, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिएको छ।  
पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दैै आम सञ्चारमा सबै नेपालीको सहज पहुँच पुर्याउन सर्वशुलभ,भरपर्दो र गुणस्तरीय सूचना उपलब्ध गराउन सरकारी सञ्चार माध्यमलाई पब्लिक सर्भिस मिडियामा रुपान्तरित गरिने घोषणापत्रमा प्रतिवद्धता गरिएको छ । 

कुनै पनि अधिनायकवादी र निरंकुशताको विरुद्ध पार्टी संघर्षशिल रहने र संविधानलाई गतिशिल राजनीतिक दस्तावेजको रुपमा स्वीकार्ने पनि प्रतिबद्धता व्यक्त गरिएको छ । संविधानमा समय अनुकुल र जनभावनालाई मध्येनजर गरेर समसामयिक सुधार र परिमार्जन गर्न पार्टी सदैव तयार रहने पनि बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *