राष्ट्रपति भण्डारीद्वारा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण

Thankot Times

थानकोट ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्याण्डमा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी छिन्।

विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल) ले बुधबार राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेको हो। उनलाई डब्लूपीएलका संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान गरिन्।

राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रूपमा सहभागी भएकी थिइन्। त्यहाँ उनले प्रमुख वक्ताका रूपमा सम्बोधन पनि गरिन्।

१८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी मंगलबार आइसल्याण्ड पुगेकी थिइन्। उनी भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्किने तय भएको छ।

रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *