सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Thankot Times

थानकोट ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ ।

आजको मूल्य सूची तोक्दै महासंघले हिजोकै मूल्यमा सुनको कारोबार भइरहेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ४०० र तेजाबी सुनको मूल्य ९४ हजार ९०० रूपैयाँ छ । हिजो बुधबार पनि छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो ।

मंगलबारको तुलनामा तोलामा १४ सय रूपैयाँ बढेको थियो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रूपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रूपैयाँ छ । हिजो बुधबार यसको मूल्य तोलामा १२ सय ९५ रूपैयाँ कायम थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *