सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

Thankot Times

थानकोट ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याइएको छ ।

निर्वाचन आयोगका अनुसार बुधवार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो ।

आयोगले तय गरेको कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *