प्रधानमन्त्री देउवाको स्वागतार्थ कलंकीबाट सतुंगलसम्म मोटरसाइकल र्याली गरिने
थानकोट ।
आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचार अन्तरगत संयुक्त लोकतान्त्रिक बाम गठबन्धनले आज दिउँसो २ बजे चन्द्रागिरि नगरपालिका ११ सतुंगल लाछीमामा बृहत चुनावी सभा गर्दैछ ।
सतुंगलमा हुने सो चुनावी आमसभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने तालिका रहेको छ ।
चुनावी सभाका लागि प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापतिको आगमन हुने भएपनि नेपाली काँग्रेसले दिउँसो २ बजे कलंकीबाट सतुंगलसम्म मोटरसाइकल र्याली गर्न लागेको नेपाली काँग्रेस चन्द्रागिरि नगरपालिका वडा नं. ४ का सभापति दिनेश महर्जनले जानकारी दिए । चुनावी आमसभालाई लोकतान्त्रिक बाम गठबन्धनका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।













