थापाथलीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो
थानकोट ।
आइतबार बिहान थापाथलीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ। मोटरसाइकलको ठक्करबाट बाराको बरियापुरका ४४ वर्षीय रामबाबु कुसुवाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुसुवाहको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान सवा ६ बजे मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बाग्लुङ घर भई भक्तपुर बस्ने ३० वर्षीय विज्ञान कँडेलको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ।
आज बिहान साढे ५ बजे कुसुवाहलाई ठक्कर दिएर त्रिपुरेश्वरबाट थापाथलीतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०१९प ३१९५ नम्बरको मोटरसाइकल पल्टिएको थियो।
मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ।














