८५ करोडको लटरी जितेपछि ब्रेकअप, फोनमा भने ‘अब माया गर्न र प्रेमी पनि बन्न सक्दिनँ..’

Thankot Times

थानकोट । 

पैंसाको अघि सबैकुरा टिकाउन गाह्रो हुन्छ।

सत्य र निष्ठाको कुरा गर्ने कतिपय मानिसहरु पनि पैसा देखेपछि सबै कुरा भुल्छन्। पैंसा देखेपछि महादेवका तीन नेत्र भनेझैं एउटा यस्तै घटना बाहिरिएको छ।

एक युवकले ८५ करोडको लटरी जितेपछि प्रेमिकासँग ‘ब्रेकअप’ गरेका छन्। 

जर्मनीमा बस्ने ती युवककी प्रेमिकाले ८५ करोडको लटरी जितेपछि आफूलाई छोडेको बताएकी छन्।

४२ वर्षीय कुर्सत एलडिरिमकले ठूलो राशीको लटरी जितेपछि आफ्नी प्रेमीकालाई धोका दिएका हुन्।

उनकी प्रेमिकाले ठूलो रकमको लटरी जितेपछि प्रेमी कुर्सतले करिब ३ करोड मूल्यको कार खरिद गरेको दावी गरेकी छन्।

डेलि स्टारका अनुसार कुर्सतकी ५० वर्षीया प्रेमिकाले भनेकी  छन्- पैंसा पाउने वित्तिकै उनी यसरी परिर्वतन् होलान् भनेर कल्पना समेत गरेकी थिइन्।  उनी डार्लिङ भनेर बोलाउँथे। सधैं साथमा रहने बताइरहन्थे।’

आफूहरु गहिरो प्रेममा रहेको र लटरी पर्ने वित्तिकै प्रेमीले धोको दिएको ती युवतीले बताएकी छन्।

उनले लटरी परेको थाहा पाउने वित्तिकै आफ्नी प्रेमीकालाई चाहेको कुरा सबै किनिदिने आश्वासन दिएका थिए।

तर , ८५ करोड ७६ लाख रुपैयाँ हातमा परेपछि कुर्सतले प्रेमीकालाई फोन गरेर अब माया गर्न नसक्ने र  प्रेमी पनि बन्न नसक्ने बताएका थिए।

एक रिपोर्टका अनुसार कुर्सत पहिले लागुऔषध दुर्व्यसनी थिए। उनी कयौंपटक चोरी घटनामा पक्राउ परेका  थिए।

उनलाई २७ महिना जेल सजाए पनि सुनाइएको  थियो। पछि उनी क्रेन अपरेटर बनेका थिए। अहिले उनले जागिर पनि छोडिसकेका छन्।

चिठ्ठा लाग्ने वित्तिकै उनले जागिर मात्रै छोडेनन् आफूलाई माया गर्ने प्रेमीको साथ पनि छोडेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *