नैकाप ठकुरी गाउँमा घरभित्र पसेको चितुवा नियन्त्रणमा (भिडियोसहित)

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका नैकापबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ। आइतबार दिउँसो नैकापको एक घरमा पसेपछि चितुवालाई नियन्त्रणमा लिएको हो।

करिब १५ केजी ताैलको सो चितुवा बच्चा चितुवा भएको प्रहरीले जनाएको छ। बिहान पौने ९ बजेदेखि पूरानो नैकाप ठकुरी गाउँस्थित तरकारी टनेलमा चितुवा देखा परेको थियो।

प्रहरीले वन कार्यालयका कर्मचारीसँग समन्वय गरी चितुवालाई नियन्त्रणमा लिएको हो।

चितुवालाई डिभिजन वन कार्यालय काठमाडौंले नियन्त्रणमा राखेको छ। चितुवालाई के गर्नेबारे कार्यालयले निर्णय लिनेछ।   

तस्बिरः सामाजिक सञ्जालबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *