एक पटक राप्रपालाई मतदान गर्न अध्यक्ष लिङ्देनकाे आग्रह

Thankot Times

थानकोट । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकको व्यवस्था परिवर्तन गर्न नयाँ शक्तिको जीत आवश्यक रहेको बताएका छन् ।

सोमबार मकवानपुर क्षेत्र नं १ को पदमपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले पुराना दलहरूका कारण मुलुकको व्यवस्था नै असफल भएको भन्दै अब मुलुकको व्यवस्था परिवर्तन गर्न नयाँ शक्तिको जीत आवश्यक रहेको बताएका हुन् ।

उनले ठूला भनिएका पार्टी तथा नेतालाई धेरै पटक विजयी बनाए पनि देशको अवस्था उही रहेकाले एकपटक राप्रपालाई मतदान गर्न उनले आग्रह गरे ।​

लिङ्देनले अहिलेसम्मका निर्वाचनमा ठीक पार्टी र ठीक नेता चुन्न नसकेकै कारण दुःख पाएको भन्दै यसपटक मतदाताहरू सचेत रहनुपर्ने धारणा राखे । उनले कांग्रेस, माओवादी भित्रका कार्यकर्ताले समेत राप्रपालाई मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले विपीको सिद्धान्तलाई सम्झेर आफूले राप्रपालाई समर्थन गरेको बताइन् । उनले लिङ्देनको नेतृत्वमा राप्रपाले राम्रोसँग देश र जनताको सेवा गर्ने विश्वास व्यक्त गरिन् ।

मुलुक अहिले अप्ठेरो अवस्थामा रहेकाले जनताले सचेत भएर देशको नेतृत्व चयन गर्नुपर्ने उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ