दक्षिणकालीमा आज राप्रपाको बृहत आमसभा

Thankot Times

थानकोट ।

आसन्न प्रदेश र प्रतिनिधि सभाको चुनावको प्रचारप्रसारको समयसीमा अन्त्यतिर पुग्नै लाग्दा उम्मेदवारहरूले प्रचारलाई झन आक्रामक बनाउँदै लगेका छन् ।

काठमाण्डाै क्षेत्र नं. १० मा गत स्थानीय तह निर्वाचनको मत परिणामअनुसार चाैथो शक्तिका रूपमा स्थापित राप्रपाले पनि चुनावी अभियानलाई तिव्रता दिइरहेको छ । राप्रपाले एमाले र नेपाली काँग्रेसबाट असन्तुष्ट बनेका मतदाताको मन जित्न भरमग्दूर प्रयास गरिरहँदा उसका शीर्ष नेतृत्वले मंगलबार दक्षिणकालीमा हुने बृहत चुनावी आम आमसभालाई सम्बोधन गर्ने तालिका रहेको छ ।

राप्रपाका काठमाण्डाै क्षेत्र नं. १० प्रदेश २ का चुनाव प्रचार प्रसार समिति संयोजक अजय श्रेष्ठका अनुसार दक्षिणकाली नगरपालिका-६ झम्केश्वरीमा मध्यान्ह १२ः३० बजे सुरू हुने आममसभालाई पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता रविन्द्र मिश्र लगायत वरिष्ठ नेताहरूले सम्बोधन गर्ने तालिका रहेको छ ।

राप्रपाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा काठमाण्डाै क्षेत्र नं. १० मा बलराम थापा, प्रदेश क मा उमेश सापकोटा तथा प्रदेश ख मा सूर्यबहादुर महर्जनलाई उम्मेदवार उठाएको छ भने समानुपातिक तर्फ प्रदेशतर्फ प्रतिमा रानामगरलाई उम्मेदवार बनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ