ग्राहक बैंकमा तुला राशी जम्मा गर्न गएपछि…
थानकोट । ‘इन्डियन बैंक’को बैंक भाैचर (डिपाेजिट स्लिप)को तस्बिर सामाजिक सञ्जालमा निकै शेयर भइरहेको छ । वास्तवमा, बैंकको यस डिपोजिट स्लिपमा खातावालाले नगद जम्मा गर्नका लागि आफ्नो सबै जानकारी लेखेका छन्।
तर उनले ‘रकम’ को स्तम्भमा रकमको सट्टा के लेखेका छन्, त्यो पढेपछि तपाईँले हाँसो रोक्न सक्नुहुन्न ।
यो तस्वीर एक पटक फेरि सोसल मिडियामा भाइरल भइरहेको छ ।
यस ‘डिपोजिट स्लिप’ को माथिल्लो छेउमा लेखिएको जानकारी अनुसार यो घटना भारतीय बैंकको मुरादाबाद शाखासँग सम्बन्धित छ।
वास्तवमा, एक खातावाला बैंकमा पैसा जम्मा गर्न गएका थिए। तर डिपोजिट स्लिपमा सबै जानकारी सही लेखेपछि रकम स्तम्भमा ‘तुला’ लेखे । किनभने हिन्दीमा राशि लेखिएको थियो ।














