मतदान गर्न मतदान केन्द्रमा जाँदा मतदाताले के–के गर्नु हुँदैन ?
थानकोट ।
मतदान गर्न मतदान केन्द्रमा जाँदा मतदाताले विभिन्न कुरामा ध्यान दिनु पर्ने निर्वाचन आयोगले जनाएको छ ।
आफ्नो गोप्यमतदानको अधिकार प्रयोग गर्दा विशेष ध्यान दिनुपर्नेमा आयोगले सचेत गराएको छ ।
मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, तोकिएको स्थानभन्दा बाहिर गई मत संकेत गर्न वा मत संकेत गरेको व्यहोरा सार्वजनिक गर्न र छाप लगाएको मतपत्र आफूसँग लिएर जान नहुने आयोगले स्पष्ट पारेको छ ।
मतदान प्रक्रियाको गोप्यता भंग गर्ने मतदातालाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।
मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा लिएर जान नहुने पनि आयोगले जनाएको छ ।
मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुठा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने आयोगको भनाइ छ ।