मतदान अधिकृतले रक्सी खाएर झगडा गरेपछि….
थानकोट ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपरासीले एकजना मतदान अधिकृत बर्खास्त गरेको छ । बर्खास्तीमा परेका मतदान अधिकृत प्रहरी नियन्त्रणमा छन् ।
नवलपरासी निर्वाचन क्षेत्र नंं. २ को सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदानस्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
निर्वाचन सामग्री बुझ्ने क्रममा मादक पदार्थ सेवन गरेका उनले मुख्य निर्वाचन अधिकृतसँग अस्वभाविक व्यवहार देखाएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।
५६ वर्षिय चौधरी पाल्हीनन्दन गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत हुन् ।














