आम निर्वाचनः प्रत्यक्षतर्फको नतिजा ३ दिनभित्र
थानकोट ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले भने, ‘सबै मतपेटिका संकलन भएको लगत्तैदेखि मतगणना सुरु हुनेछ, तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौं ।’
मंसिर २२ गतेभित्र चुनावका सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने तयारी रहेको पनि थपलियाले बताए ।
काठमाण्डाै क्षेत्र नं. १० तथा यस क्षेत्रको प्रदेशतर्फको मत गणना कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा हुनेछ।














