दीपक मनाङेलाई २५ हजार जरिवाना

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले मनाङ ‘ख’ मा स्वतन्त्र उठेर निर्विरोध निर्वाचित भएका राजिव गुरुङ ‘दीपक मनाङे’लाई २५ हजार रुपैयाँ जरिवाना लगाएको छ ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका गुरुङले चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन नपुग्ने भन्दै अभिव्यक्ति दिएपछि आयोगले कारबाही गरेको हो ।

आयोगले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि उनलाई २५ हजार जरिवाना गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ