काठमाण्डाै क्षेत्र नं.१० को मतगणनास्थलमा तारजाली र सीसीटीभी क्यामेरा (भिडियो सहित)
थानकोट ।
काठमाण्डाै क्षेत्र नन. १० को मतगणना गरिने स्थानमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ ।
मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटीभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले जानकारी दिनुभयो । यस क्षेत्रको मतगणना त्रिभुवन विश्वविद्यालयको त्रिभुवन स्मृति भवनको हलमा हुनेछ ।
काठमाण्डाै क्षेत्र नं. १० मा कुल ४७ मतदान केन्द्रका ९७ मतदानस्थल रहनेछन् ।
निर्वाचन अधिकृत घिमिरेले मतगणनाको अपडेटका लागि मतगणनास्थलमा डेडिकेडेट सूचना केन्द्रको स्थापना हुने समेत जानकारी दिनुभयो ।














