ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काठमाण्डौमा श्रीमान श्रीमतीको मृत्यु
थानकोट ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुकेधारामा दुई जनाको ज्यान गएको छ ।
पर्साको ठोरी गाउँपालिका-७ का मोटरसाइकल चालक ४५ वर्षका कुमार राई र पछाडि बस्नुभएकी राईकी श्रीमती ३८ वर्षकी मेनुकाको हिजो बेलुका ज्यान गएको हो ।
राई दम्पती चढेको प्रदेश ३-०२-००६४-९७२७ नम्बरको मोटरसाइकलाई ना ३ ख ५२४७ नम्बरको ट्रकले हिजो दिउँसो ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ठक्करबाट घाइते दुई जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
ट्रक चालकलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ ।














