खड्गप्रसाद ओलीले देखाए रायोको साग केलाउँदै गरेको फोटो
थानकोट ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दैनिकी राजनीतिक गतिविधिमै बित्ने गर्छ ।
सोही कारण उनी घरायसी काममा खासै समय दिन पाउँदैनन् । तर, निर्वाचनको मौन अवधिको फुर्सदमा ओलीले फरक खालको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । उनले सामाजिक सञ्जालमा केही तस्बिरसहित लेखेका छन्, ‘धेरै दिनपछिको फुर्सद, फुर्सदमा राधिकासँगै साग केलाउँदै !’
तस्बिरमा ओली पत्नी राधिकासँगै किचेनमा देखिएका छन् भने उनी साग केलाउँदै गरेको देखिन्छन् । जुन तस्बिरमा किचेनमा पतिपत्नीको खुसीको माहोल देखिन्छ ।















