निर्वाचनका लागि गाउँ फर्किने बढेसँगै काठमाडौं सुनसान

Thankot Times

थानकोट । 

निर्वाचनका लागि काठमाडौंबाट गाउँ जानेहरू बढेसँगै काठमाडौं सुनसान बनेको छ । मतदान गर्न जानेहरूको संख्या बढेसँगै काठमाडौंका सडकहरू खाली देखिन थालेका छन् भने बजार पनि बन्द प्रायः छ ।

काठमाडौंको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरू प्रशस्त भेटिए पनि काठमाडौंका भित्री गल्लीहरूमा भने मानिसहरूको चहलपहल कमै देखिन्छ ।

भोलि  एकै चरणमा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । 

निर्वाचनमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकासका लागि सक्षम नेतृत्व चयन गर्न बाहिरी जिल्लाहरूबाट काठमाडौं आइ बसोवास गर्नेहरू आफ्नो गृह जिल्ला फर्किँदा काठमाडौं सुनसान बनेको हो ।

त्यस्तै काठमाडौंका सुनसान सडकमा सुरक्षाकर्मीहरूले भने सुरक्षा दिइरहेका छन् । निर्वाचन बिथोल्नसक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षाकर्मीहरू सुरक्षाको लागि तैनाथ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ