चुनाव सकिए पनि बेलुका ७ बजेपछि मात्र गाडी चल्ने

Thankot Times

थानकोट ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएको छ।

मतदान गर्ने समय सकिए पनि लाइनमा बसेकाहरूले भने मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनको दिन काठमाडौंमा सवारी साधन चलाउन रोक लगाइएको थियो। चुनाव सकिए पनि बेलुका ७ बजेपछि मात्र गाडी चलाउन पाउने प्रहरीले जनाएको छ।

आइतबार बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म गाडी चलाउन रोक लगाएको थियो।

त्यसबीचको समयमा अतिआवश्यक सेवा र अनुमति प्राप्त सवारी साधनमात्रै चलाउन पाइने भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ