मंगलोदय मावि मतदान केन्द्रमा १२ जना मतदान कर्मचारीले दिए समानुपातिक भोट
थानकोट ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएको छ। देशभर बिहान ७ बजेदेखी साँझ ५ बजेसम्म मतदान कार्य भएको थियो ।
चन्द्रागिरि-३ थानकोटस्थित मंगलोदय मावि मतदान केन्द्रमा कुल २ हजार ५ सय ७४ मतदाता रहेकोमा १ हजार ८ सय ३७ मत खसेको छ । जुन कूल मतदाताको ७१.१३ प्रतिशत हो ।
यस्तै, समानुपातिक तर्फ मतदान कार्यमा संलग्न १२ जना कर्मचारीले पनि मतदान गरेका छन् ।












