मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि…
थानकोट ।
मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि दैलेखको ठाटीकाँध गाउँपालिकामा विवाद भएको छ । मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छोडेपछि विवाद सिर्जना भएको हो ।
गाउँपालिकाको २ नम्बर वडाको पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेका हुन् । उनले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाडेको बताइएको छ ।
दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताए । उनले अहिले सर्वदलीय बैठक बसिरहेको र त्यसपछि मात्रै निर्णयमा पुगिने जानकारी दिए ।
उक्त मतदान केन्द्रमा ७०० मतदाता रहेकोमा ४५८ मत खसेको थियो ।














