काठमाण्डाै क्षेत्र नं. १० को मतगणना सुरू
थानकोट ।
आइतबार सम्पन्न आमनिर्मवाचनको मतगणनाको कार्य केही निर्वाचन क्षेत्रमा आइतबार रातिबाटै सुरू भएको छ । यद्यपी अधिकांश निर्वाचन क्षेत्रमा आज बिहानबाट मतगणना सुरू भएको छ । कतिपय मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटिका पुग्न बाँकी रहेकोले मत गणनाको कार्य सुरू हुन सकेको छैन् ।
काठमाण्डाै उपत्यकका तीनवटै जिल्लाका विभिन्न निर्वाचन क्षेत्रहरूमा मतगणना सुरू भइसकेको छ भने केही क्षेत्रको प्रारम्भिक मतपरिणामहरू पनि सार्वजनिक भएका छन् ।
काठमाण्डाै क्षेत्र नंं १० मा बिहान ११ बजेबाट मतगणना सुरू भएको छ । यस क्षेत्रको मतगणना कीर्तिपुरस्थित त्रिभूवन स्मृति भवनमा भइरहेको छ ।
मतगणनाको सुरूवात कीर्तिपुर नगरपालिका वडा नं. १ र २ बाट भएको छ ।















