काठमाण्डाै क्षेत्र नं १० मा करिब ७० प्रतिशत मतदान

Thankot Times

थानकोट । 

आइतबार सम्पन्न आम निर्वाचनमा काठमाण्डाै क्षेत्र नं. १० मा ५३ हजार ६ सय ४५ जनाले मतदान गरेका छन् । 

निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार कुल ७६ हजार ९ सय ६ जना मतदाता रहेका यस क्षेत्रमा सो संख्यामा मतदान भएको हो । 

जसमा २६ हजार सात सय ८१ जना महिला तथा २६ हजार ८६४ जना पुरूष मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ताजा अवस्थामा कीर्तिपुर नगरपालिका मतदान केन्द्रका ३ हजार मत गणना सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्यको मत गणना जारी रहेकोमा केहीबेरमा प्रदेश सभा सदस्यको मत गणनाको तयारी भइरहेको छ । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ