काठमाण्डाै क्षेत्र नं. १० को मतगणनाः रूख चिन्हमा ११ सय मत, घण्टीमा ६६९

Thankot Times

थानकोट ।

आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी छ । कीर्तिपुरस्थित त्रिभूवन स्मृति भवनमा जारी काठमाण्डाै क्षेत्र नं. १० को मतगणना अपडेट अनुसार हालसम्म ३ हजार ५ सय ९४ मत गणना भएको छ ।

जसअनुसार नेपाली काँगेसले अग्रता कायम राखेको छ । उसले ११०० मत पाउँदा स्वतन्त्र पार्टी नेपाल ले ६६९, नेकपा एमालेले ६६८, माओवादी केन्द्रले ४७६ तथा नेमकिपाले २४५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राप्रपाले १६५ मत पाउँदा लौरो चुनावमा चिन्हमा ५९ मत परेको छ ।

यो कीर्तिपुर नगरपालिका १ र २ को मतगणना भइरहँदाको अपडेट हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ