काठमाडौं क्षेत्र नंं ९ मा सूर्यलाई घण्टीको टक्कर, घण्टी ३ भोटले पछि
थानकोट ।
काठमाडौं क्षेत्र नंं ९ मा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्। एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ५६४ मत ल्याएर अग्रता लिँदा
राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ५६१ मत ल्याएका छन् ।
उनीहरुको मतअन्तर ३ मात्रै छ ।
सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका कल्पना धमलाले ३४५ मत ल्याएकी छिन् ।
मादल चुनाव चिन्हले २१५ मत पाउँदा हलो चिन्हमा २६० तथा मिलन पाण्डेको पाईला चुनाव चिन्हमा १२० मत परेको छ ।














