कीर्तिपुर तथा चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा घण्टाैदेखी विद्युत सेवा अवरुद्ध
थानकोट ।
कीर्तिपुर तथा चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा सोमबार दिउँसोदेखि विद्युत आपूर्तिमा समस्या देखिएकाे छ ।
नेपाल विद्युत प्राधिकरण कीर्तिपुर वितरण केन्द्रका प्राविधिक उमेश गुरुङका अनुसार मातातिर्थ सब-स्टेसनबाट विद्युत प्रवाहमा प्रविधिक समस्या आएपछी विगत ८ दिन देखि स्युचाटार सब-स्टेशनबाट हाम्रो क्षेत्रमा विद्युत आपुर्ती हुँदै आएकाेमा आइतबार राति १२ बजे देखि त्यस सब-स्टेशनमा पनि प्राविधिक समस्या आई बिद्युत आपुर्तिमा समस्या भएकाे हाे ।
दुवै सब-स्टेशनमा मर्मतको कार्य भईरहेकाे गुरुङले जानकारी दिए ।














